रसुवाको लहरेमा बस दुर्घटना, १६ जना घाइते, ३ को अबस्था गम्भीर

रसुवा- रसुवाको गत्लाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
आज दिउँसो उत्तरगया गाउँपालिका-५ को लहरेमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ ।
दुर्घटनामा परी घाइते भएका यात्रुहरुलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको स्थानीय दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
बा.६ ख. ८४३५ नम्बरको बस बिपरित दिशाबाट आएको अटोलाई साइड दिँदा सडकको छेउ भासिएर दुर्घटना परेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्