नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने शुल्क निर्धारण (कुन सवारी साधनको कति?)

काठमाडौँ- सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिनुभएको हो ।

जसअनुसार कार, भ्यानहरूका लागि काठमाडौँ आउँदा ६५ रुपैयाँ र काठमाडौँबाट जाँदा ६० रुपैयाँ तोकिएको छ ।

यसैगरी, मिनिबस, मिनी ट्रकको काठमाडौँ आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ ।

बस र ट्रकको हकमा काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र जाँदा २ सय रुपैयाँ लाग्नेछ ।

यस्तै, गह्रौँ  सवारी साधनको काठमाडौँ आउँदा ६ सय रुपैयाँ र जाँदा २ सय ५० रुपैयाँ सुरुङ मार्ग उपभोग दस्तुर तोकिएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय कृत्रिम बौद्धिकता एआई नीति २०८२ स्वीकृत गर्नुकासाथै सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेशसमेत जारी गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.