मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

काठमाडौँ जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्राकम तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हाल विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायतका माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्वसूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।”

उहाँले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले आधिकारित सूचना प्रयोग गर्न अनुरोध पनि गर्नुभएको छ ।

विभागले आज जारी गरेको सूचनामा भनिएको छ, “मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रेषित सूचना प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.