चीन तर्फ बेलिबृजको निमार्णको काम सुरु

रसुवा –  नेपाल–चीनबिच उत्तरी नाका रसुवागढीको मितेरी पुल र्निर्माण अन्तर्गत बेलिबृजको निमार्णको काम चीन तर्फ सुरु गरिएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा पूर्ण रूपमा क्षति पुर्‍याए पछि चीन सरकारले तत्काल बेलिबृज निमार्णको काम थालेको हो ।

नेपाल–चीनबिच आवतजावत र व्यापारिक कारोबार बन्द भए पछि प्रथम चरण अन्तर्गत चीन सरकारले बेलिब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका चीन तर्फ बेलिबृज सम्म आउने सडक निमार्ण तथा भुईँ सतह मिलाउने काम गरिएको छ भने नेपाल तर्फ पनि स्थान निर्धारण गरिएको छ । पक्की पुल निर्माणका लागि साबिकको स्थानलाई यथावत् छाडी दुई मिटर पूर्वतर्फ सारेर ऐतिहासिक रसुवागढीको पुरातात्त्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलिब्रिज निर्माण गरिने गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक योजनाका इन्जिनियर रूपनारायण पौडेलले बताउनुभयो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, शीघ्र गतिमा सुरु भएको यो अस्थायी पुल निर्माणले स्थानीय बासिन्दा, व्यापारी र सीमा पारका सेवाग्राहीहरूलाई अत्यावश्यक आवागमनमा तत्कालीन राहत दिने अपेक्षा गरिएको छ ।

बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.