बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं – बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्रीमा नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषद् पूर्णता दिनु भएको हो । उहाँहरुलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा शपथ ग्रहण गराउनु भयो ।
नव नवनियुक्त मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ,युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल,सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी रहनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्