मुख्यमन्त्री पाण्डेव्दारा जेसीज सप्ताह उदघाटन

गोरखा –  गोरखा जेसीजले आज देखी जेसीज सप्ताह मनाउन सुरु गरेको छ । सप्ताह भाद्र ७ गतेसम्म सञ्चालनमा आउने अध्यक्ष सुमन गुरुङले जानकारी दिनु भयो।

जेसीज सप्ताह–२०२५ नाम दिएको उक्त कार्यक्रमको पहिलो दिन आज आइतबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको मूल संयोजक रचन परियारले बताउनु भयो ।

खुल्ला दौड प्रतियोगितामा ५३ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुजित श्रेष्ठले जानकारी दिनु भयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेको दौड प्रतियोगितामा निर्धारित दुरी पार गरी प्रथम, द्वितीय र तृतीय नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबका गणेश सिंह राउत, यमराज खत्री र गौतम श्रेष्ठ भएका छन् ।

उनीहरूले क्रमशः.२१ मिनेट ५० सेकेन्ड, २२ मिनेट ३७ सेकेन्ड र २२ मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका थिए ।

प्रतियोगितामा सान्त्वना हुने सरोज गिरीले २३ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनु भयो।

दौड गोरखा नगरपालिका–५ को पश्लाङ चौताराबाट सुरु भएर ५ नम्बर वडा कार्यालय–मैदान–ठुलो आँगन–पाटे चौर–हस्पिटल चोक–हरमटारी चोक–शक्ति चोक–बसपार्क हुँदै नयाँ बसपार्कबाट कालो बरको चौतारा–धारा पानी हुँदै पँदेली महादेव स्थानमा पुगेर समापन भएको थियो ।

६ किलो मिटर ५०० मिटरको उक्त दौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः. १५ हजार, ७ हजार ५०० सय, ४ हजार र २ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

सप्ताह अन्तर्गतको दोस्रो दिन भोली सोमबार भाद्र २ गते आरु घाट गाउँपालिकाको आरु घाट बजारमा रहेको भिमोदय बहुमुखी क्याम्पसमा जनचेतना मूलक कार्यक्रम राखिएको

कार्यक्रम संयोजक युनिक अर्यालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.