पर्सामा ४८ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद

पर्सा- सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार रुपैयाँ भन्दा बढी रकम पर्ने ब्रेजा गाडीसहित भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बिआर०१एफई ७१९९ नंको सुजकी भिटारा ब्रेजा गाडीमा आवश्यक कागजात नभेटिएपछि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार सो गाडीको मूल्य अनुमानित ३० लाख रहेको छ । सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले आज नै सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा १५ लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको कपडा, बटर तथा सवारीसाधनको ‘इन्जिन’का ‘स्पेयर पार्टस’ नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

यस्तैगरी, सशस्त्र प्रहरीले वीरगञ्ज१६ स्थित विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याउँदै गरेको एक लाख ७० हजार ८८५ रुपैयाँ मूल्य पर्ने विभिन्न समान तथा मदिरासमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर१९ वर्वाबाट भन्सार छलीका ८७ हजार ४२० रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको जनाएको छ । यस्तै, छपकैयाबाट पनि भन्सार छलीका ६३ हजार ९७० रुपैयाँ मूल्य पर्ने कपडा र किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.