स्याङ्जामा घरकै बाकसमा बालक मृत फेला

स्याङ्जा – स्याङ्जाकाे वालिङ नगरपालिका वडा नम्बर ५  द्वार भन्ज्याङमा  १३ वर्षीय बालक निसान थापा  मृत अवस्थामा फेला परेका छन् । बालक  आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी  श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत रहेका थिए ।

विद्यालयमा परीक्षा सकेर घर फर्किएका बालक घरमै बहिनीसँगै  रहेका थिए । उक्त समयमा  उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन्  । मेलाबाट आमा घर आयपछि घरमा उनलाई नदेखी खोजी कार्य गर्दा घरकै आँटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो ।
घटनाबारे जानकारी प्राप्त भएपछि गएरातिनै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।अहिले प्रहरीले  घटनास्थललाई सिलबन्दी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.