कुखुराको अण्डाको मूल्य आकासियो , उपभोक्ताहरु भने महँगीको मारमा

धादिङ – पर्वहरू सुरु हुँदै जाँदा अण्डाको मूल्य अकासिए पछि उपभोक्ताहरू भने महँगो मूल्य तिरेर नै अण्डा उपभोग गर्न बाध्य भएका छन् । किसानहरूले पाएको यो मूल्य गत सालको तुलनामा पनि निकै राम्रो पाएको बताउँदै दानाको मुल्यमा भने खासै उतार चढाव नआएको बताएका छन् ।
अण्डा उत्पादनका लागी विकासे प्रजातिका कुखुरा पालक किसानको सङ्ख्यामा कमी आउनु र भारतीय बजारबाट आयात हुने अण्डा रोकिएका कारण पनि मूल्य राम्रो निकै राम्रो पाएको किसानहरूको आनुमान छ । आजकाल किसानहरूले उत्पादन गरेको विकासे प्रजातिको अण्डा फर्मबाटै प्रति क्यारेट पाँच रुपैयाँसम्म बिक्री हुने गरेको छ । दुई महिना अघिसम्म मुस्किलले चार सयमा बिक्री भएको अण्डामा दुई महिना यता प्रति क्यारेट एक सय रुपैयाँले वृद्धि भएको हो ।
अहिले उपभोक्ताले खुद्रा किन्दा अण्डाको मूल्य प्रति क्यारेट पाँच सय पचाससम्म पर्ने गरेको छ । विभिन्न कारणले गर्दा आजकाल अण्डा उत्पादकका लागी विकासे कुखुरा पालक किसानहरू विस्थापित भएको र उत्पादन तुलनात्मक माग निकै बढेको छ । उपभोक्तालाई धादिङको बजारमा अण्डा किन्दा प्रति अण्डा खुद्रा मूल्य अहिले अठार देखी बिस रुपैयाँसम्म पर्न गएको छ । अहिले अण्डाको वृद्धि भएको मूल्य कायम नै हुने र भारतीय बजारबाट आयात गरिने अण्डामा पुर्णरुपमा रोक लाउने हो भने स्थानीय किसानहरूको आर्थिक अवस्था मजवुद बनाउन ठुलो टेवा पुग्ने छ ।
धादिङ जिल्लाभर अहिले अण्डा उत्पादनका लागी ठुला साना गरी एक सय घर परिवार किसानहरूले कुखुराको व्यवसायीक पालन गर्दै आएको तथ्याङ्क पशु सेवा कार्यालय धादिङले उल्लेख गरेको छ । यसको संख्या गत वर्षको तुलनामा केही घटेको हो ।






प्रतिक्रिया राख्नुहोस्