डेढ महिनामा १८ लाखको काक्रो बिक्री

दाङ — दाङको तुलसीपुरका एक किसानले डेढ महिनामै १८ लाख रुपैयाँको काक्रो बिक्री गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका किसान विजय बुढाले गत जेठको मध्यतिर अढाई विघामा लगाएको काक्रो उत्पादन बिक्री गरेर ठूलो आम्दानी गर्नुभएको हो ।

बुढाले सो अवधिमा करिब १२ सय क्विन्टल काक्रो होलसेलमा र डेढ सय क्विन्टल फुटकरमा बिक्री गरेको जानकारी दिनुभयो । होलसेलमा प्रति किलो १३ देखि ३७ रुपैयाँसम्म र फुटकरमा ५० रुपैयाँ मूल्य पाएको उहाँले बताउनुभयो ।

‘सुरुमा राम्रो मूल्य पाइयो, पछि केही घट्यो, अहिले फेरि सुधार हुँदैछ,’ किसान बुढाले भन्नुभयो । सरदरमा प्रति किलो १५ रुपैयाँका दरले बिक्री भएको उहाँले बताउनुभयो ।

बुढाले कर्मा जातको काक्रो लगाउनुभएको थियो । उहाँका अनुसार यहाँ उत्पादन भएको काक्रो नेपालगञ्ज, धनगढी, सुर्खेत, अत्तरीया लगायतका शहरमा आपूर्ति हुने गरेको छ ।

जेठमा लगाएको काक्रोको झाल सुक्न लागेको र आम्दानी पनि राम्रो भएकाले अब यसलाई उतारेर पुन काक्रोको विरुवा सार्ने तयारी गरिरहेको पनि बुढाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.