स्याफ्रुबेसी–रसुवागढी सडक बाइस दिन बिती सक्दा पनि अझै संन्चालनमा आउन सकेन , अझै एक साता लाग्ने

रसुवा – साउन चौध गते बाढीले पुन क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक बाइस दिन बिती सक्दा पनि अझै संन्चालनमा आउन सकेन । सडक संन्चालनमा आउन नसक्दा यात्रुहरु भने पैदल यात्रा गर्न बाध्य भएका छन ।
चीन तर्फ बाट लेन्देखोलामा आएको बाढीले कटान गरी बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै एक साता बढी लाग्ने देखिएको छ । टिमुरे,तातोपानी डाँडा,फ्याङलुङ र लिङलिङ चार स्थानमा नदीले कटान गरेको भागहरू निमार्ण भए पनि गोसाईंकुण्ड गाउँपालिका तीन स्थित मेदाङपुदुङमा भने अलिक जटिल भएकाले बढी समय लागेको गल्छी,त्रिशूली,मैलुङ,स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रूपनारायण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सडक निमार्णका क्रममा कडा चट्टान निस्किएकाले एउटा मात्र उपकरणको प्रयोगले काम छिटो गर्न नसके पनि काम भने नियमित भइरहेको बताउनुभयो ।
आयोजनाका अनुसार यही साउन चौध गते चीनबाट दोस्रो पटक लेन्देखोलामा आएको बाढीले पहिले भन्दा धेरै क्षति गरेको छ । करिब दुई किलोमिटर सडकमा क्षति पुगेको छ । गत असार चौबीस गते आएको बाढीले उक्त सडक करिब एक किलोमिटरमा क्षति पुगेको थियो भने तेह्र दिनको मर्मत पछि साउन चार गते देखि सडक एक तर्फी सञ्चालनमा आएको थियो ।






प्रतिक्रिया राख्नुहोस्