कृषकसँग नगरका जनप्रतिनिधि कार्यक्रम

–रासायनिक मल तथा उपकरणको माग

नुवाकोट- नुवाकोटको विदुर नगरपालिकामा पहिलो पटक कृषकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिएको छ । जनप्रतिनिधिसँग किसानहरूले विभिन्न समस्याका कारण आधुनिक खेती प्रणाली अवलम्बन गर्न नसकिएको बताउनुभयो ।

विदुर नपां ८ को आयोजनामा बिहीबार थुम्कामा ’कृषकसँग जनप्रतिनिधि’ साक्षात्कार कार्यक्रम गरिएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडाध्यक्ष कमल श्रेष्ठलगायतका जनप्रतिनिधिसँग किसानहरूले कृषि क्षेत्रमा विद्यमान समस्या र समाधानका लागि उचित कार्य गर्न माग गर्नुभयो ।

कार्यक्रममा विदुर नपा मार्फत प्रवाह भइरहेको कृषि विकास र पशु सेवासँग सम्बन्धित विषयमा  किसानहरूसँग अन्तर्क्रिया गरिएको हो । किसानहरूले रासायनिक मलको अभाव, कृषि उपकरण तथा कीटनाशक औषधिको अपर्याप्तता, कृषि तथा पशु प्राविधिकको माग गरेका छन् ।

उक्त वडामा किसानहरूले दुई सय बोरा रासायनिक मलको सधैँ अभाव हुने गरेको गुनासो गरेका छन् । कृषि तथा पशुपालनतर्फ विभिन्न समस्या र उपकरणको अभाव हुँदा यसलाई निरन्तरता दिन नसकिएको किसानहरूले खुलासा गरेका छन् ।

विदुर नपाका तर्फबाट किसानका समस्या समाधानका लागि उचित कार्य सुरु गरिने मेयर राजन श्रेष्ठले प्रतिबद्धता जनाए ।  उनले अर्ग्यानिक खेती प्रणाली हरियो तरकारीजन्य  उत्पादन बढाउन सुझाव दिनुभयो ।

उपमेयर प्रभा बोगटीले आधुनिक खेती प्रविधिमार्फत अर्ग्यानिक उत्पादनमा केन्द्रित हुन किसानहरूलाई सुझाव दिनुभयो ।  कार्यक्रममा पशु विकास कार्यालयका पशु विकास अधिकृत भरत पाण्डे, अन्य जनप्रतिनिधिहरू, विषयगत शाखाका कर्मचारीहरू, विभिन्न कृषि सहकारी, कृषि समूह, कृषि फर्म, किसान सर्वसाधारणको सहभागिता रहेको थियो ।

स्थानिय किसान र जनप्रतिनिधिविच विशेष अन्तर्क्रिया सम्पन्न भएको हो । कार्यक्रममा किसानका गुनासै गुनासोलाई स्थानीय जनप्रतिनिधिको ध्यानाकर्षण भएको र समाधानको बाटो पहिल्याउने प्रतिबद्धता भएको वडा सदस्य श्रीकृष्ण रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.