खुल्यो अवरुद्ध पाल्पा बुटवल सडक

पाल्पा- गए राति परेको ठुलो वर्षाको कारण अवरुद्ध बनेको पाल्पा बुटवल सडक खण्ड सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्ग अन्तगत जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने दोभान , सिद्ध बाबा, झुम्सा लगायतका ठाउँमा पहिरोका कारण सडक अवरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय कार्यालय पाल्पाका अनुसार सडक माथिबाट खसेको पहिरो सडक डिभिजन र सिद्ध बाबा सुरुङ मार्ग आयोजना कार्यालयको सहयोगमा हटाइएको हो । गए राति परेको ठुलो बर्षाका कारण अवरुद्ध बनेको सडक आज बिहान ९ बजेबाट एकतर्फी र अहिले सवा १० बजेबाट पूर्ण रूपमा सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक रुम केसीले जानकारी दिनुभयो ।
पहिरोको कारण घण्टौँ जाममा परेका सवारी साधन अहिले भने आफ्नै गन्तव्यमा लागेका छन् । पहिरोको उच्च जोखिममा रहेको सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डमा सामान्य वर्षा हुन साथ पहिरो जाने समस्या रहेको छ । जसोका कारण यस सडक भएर यात्रा गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् ।






प्रतिक्रिया राख्नुहोस्