मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

चितवन – चितवनको मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ । तुइन खोला नजिक सुख्खा पहिरो जाँदा मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै दुवै तर्फ सवारी लामबद्ध भएका छन् ।

पहिरो पन्छाउन १/२ घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.