डा. नवराज केसीको  ‘स्वस्पर्श’ पुस्तक लोकार्पण

मानसिक स्वास्थ्य र प्रेरणाको सन्देश

काठमाडौं – बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ सार्वजनिक गरिएको छ। प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार तथा प्राज्ञ अमर न्यौपाने र लेखक डा. केसी स्वयंले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै आख्यानकार अमर न्यौपानेले ‘स्वस्पर्श’लाई मानिसको मानसिक स्वास्थ्य सुदृढ पार्ने एक प्रभावकारी उपहार भएको बताउनु भयो ।  “डाक्टरसँग भेट्दा मानिसको आधा रोग निको हुन्छ। त्यसमाथि कथा सुनाएर उपचार गर्ने डा. केसीको यो पुस्तक मानसिक स्वास्थ्यका लागि थप ओखती बनेको छ।” उहाँले भन्नु भयो ।

त्यस्तै, वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले ‘स्वस्पर्श’लाई सबै उमेर समूहका लागि उपयोगी पुस्तकका रूपमा रहेको बताउनु हुँदै बालबालिका र मानसिक रूपमा विक्षिप्त मानिसहरूको उपचारमा पनि यो पुस्तक सहयोगि रहने बताउनु भयो ।

लेखक डा. केसीले पुस्तकलाई आशा, प्रेरणा र खुसीका कथाको संग्रहका रहेको धारणा राख्नु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.