रौतहटमा एक सातामा तीन जनाको हत्या,बाटोमा राखिएको सुटकेस भित्र महिलाको शव बरामद

रौतहट – रौतहटमा पछिल्लो समय हत्याहिंसामा वृद्धि भएको छ ।

सदरमुकाम गौर स्थित मात्र एक साता भित्रमा तीन जनाको हत्या भएको छ।

रौतहटको सदरमुकाम गौरमा चार दिन अघि एक जना युवाको छुरा प्रहार गरी हत्या गरिएको घटना सेलाउन नपाउँदै गए राति फेरि एक जना महिलाको शव सुटकेस भित्र फेला परेको छ।

गौर नगरपालिका -९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवलवा गेट नजिक राति सुटकेस भित्र महिलाको शव बरामद भएको छ।

सुटकेस भित्र अपरिचित महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

सुटकेस राति ९ बजे नै फेला परेको भएपनि प्रहरीले आज बिहान खोलेर हेर्दा अन्दाजी ३० बर्सिया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्थानीयहरूले शङ्कास्पद अवस्थामा सडक किनारमा फालिएको सुटकेस हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुटकेस भित्र बरामद भएको महिलाको पहिचान हुन् बाँकी छ । उक्त महिलाको कसैले हत्या गरी सुटकेस भित्र हालेर फालेको प्रहरीले जनाएको छ। प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सिसिटिभी क्यामेरा जाँच गरिरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताएका छन् ।

एक साता भित्रमा मात्रै रौतहटमा तीन जनाको शव फेला परेको छ ।

गौर झोलुङ्गे आप नजिक चार दिन अघि छुरा प्रहारबाट सहाबुदिन मियाको हत्या भएको थियो भने त्यसको तीन दिन अघि गौरकै नेपाल लज भित्र सप्तरीका उपेन्द्र भगत मृत अवस्थामा भेटिएका थिए। त्यस्तै आज पनि सुटकेस भित्र पहिचान हुन् नसकेको महिलाको शव भेटिएको छ। यसरी गौरमा एकपछि अर्को हत्याका घटना लगातार हुन थालेपछि स्थानीय त्रसित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.