राष्ट्रिय वाणिज्य बैकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।
बैकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।
यसै गरी विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत ब्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैकले जनाएको छ । बैकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरूको सङ्ख्या अधिक रहने भएका कारण सेवाग्राहीहरूलाई सहज होस भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्