गोरखाको दुर्गम बस्तीमा ‘हेपटाइटिस बी’ बिरुद्धको खोप

गोरखा- गोरखाको दुर्गम चुमनुम्ब्री गाउँपालिकाको वडा नं ४ र ५ का स्थानीयलाई हेपटाइटिस बी बिरुद्धको  खोप लगाइएको छ।

चुमनुम्ब्री ५ का अध्यक्ष पेमा ग्यल्पो लामाका अनुसार किमोलुङ फाउन्डेन नेपालले स्थानीय तहसँगको समन्वयमा दुई वटा वडामा ५-५ दिन गरी  १० दिने हेपटाइटिस बी बिरुद्धको खोप शिविर सञ्चालन सम्पन्न हो ।

शिविरमा संक्रमण भए नभएको पहिचान गरी आवश्यकता अनुसार खोप लगाएकोसमेत जानकारी दिइयो ।

सडकले नछोएको यी वडाहरुमा सदरमुकामबाट ३-४ दिन पैदल हिँडेर स्वास्थ्य कर्मीको टोली त्यहाँ पुगेको हो ।

वडा नम्बर ४ र ५ मा ४९९ जना महिला र ४२८ जना पुरुषको स्क्रिनिङ पनि गरिएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.