सल्यानमा भिरबाट लडेर महिलाको मृत्यु

सल्यान-सल्यानको बागचौर नगरपालिका–९ परिलेखकी २४ बर्सिया दिपा वली बस्नेतको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुकी करिब साढे ५ बजे मोखल्यान सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनी करिब ५०० मिटर तल लड्न पुगेकी थिइन्।
लडेर टाउकोमा गम्भीर चोट लागेकी उनलाई राति ९ बजे जनप्रिय पोल क्लिनिक बागचौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याइएको थियो। अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमै राखिएको छ। मृतकका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्।






प्रतिक्रिया राख्नुहोस्