समाज रूपान्तरणका लागि तिज प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य

दाङ-  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तिज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

उहाँले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने काम गर्दैआएको उल्लेख गर्नुभएको हो । ‘तिज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ’ शुभकामना सन्देशमा भनिएको छ‘ त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’

महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तिजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउन ठुलो योगदान पु¥याउँदैआएको छ । मुख्यमन्त्री आचार्यले तिजलाई केवल धार्मिक मात्र नभई सामाजिक दृष्टिले समेत महत्वपूर्ण चाडको रूपमा व्याख्या गर्नुभएको छ । मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले तिज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गर्नुभएको छ ।

नेपाली महिलाहरूको महान् चाड हरितालिका (तिज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणका लागि यस पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारले तिज पर्वको अवसरमा प्रदेशमा आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.