राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

काठमाडौँ- सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध हुनुभएको छ।
आज साँझ ४ बजेसम्म राज्य व्यवस्था समितिको सभापतिका लागि न्यौपाने एक जनाको मात्र उमेद्वारी परेपछि उहाँ सभापतिमा निर्विरोध हुनु भएको हो ।
तर यसको औपचारिक घोषणा भने भोलि मात्र हुने छ। समिति सभापतिको निर्वाचन भोलि दिउँसो ३ बजे समिति बैठकमै हुनेछ।
न्यौपानेको मनोनयन दर्ताका लागि प्रस्तावकमा काँग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ ।
आज दिउँसो संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए लगत्तै न्यौपानेले राज्य व्यवस्था समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्