डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

 डडेलधुरा – नवदुर्गा गाउँपालिका–५ को चौडमा डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ः०० बजेको समयमा से १ज ७३८ नं. को जिप दुर्घटनामा परेको हो ।

ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप सडक भन्दा करिब ५०० मिटर तल खसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर टाढां बैतडीको सिगास गाउँपालिकासँग सीमा जोडिएको चौडको कच्ची सडकमा जिप दुर्घटना भएको हो ।

दुर्घटनाको खबर पाएपछि करिब साढे आठ बजेको समयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरोको प्रहरी टोलीसहित एम्बुलेन्स घटना स्थल तर्फ हिँडेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ । दुर्घटना भएको जिप जङ्गलको बिच झाडीमा अड्किएको जनाएको छ । प्रहरी घटना स्थल पुगे पछि विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरिकार्यालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.