जिल्लामा किट जन्य रोगको प्रकोप: वताबरणीय सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव

धादिङ – जिल्लामा किट जन्य रोगको प्रकोपले बिस्तारै महामारीको रूप लिन थालेको भन्दै वताबरणीय सरसफाइमा ध्यान दिनु पर्ने सुझाव चिकित्सकहरूले दिएका छन् । जिल्लामा डेंगी र स्क्रवटाईफस जस्ता रोगको प्रकोप फैलन सुरु भएको बताउँदै चिकित्सकहरूले सो कुरा बताउनु भएको हो । जिल्लामा यस वर्ष डेंगी भन्दा पनि स्क्रव टाईफस सङ्क्रमित बिरामीको सङ्ख्या धेरै रहेको अस्पतालले जनाइएको छ ।
जिल्लाका विभिन्न स्थानहरूमा लामखुट्टेकै टोकाईबाट सर्ने हात्तिपाईले रोगको पनि नयाँ बिरामीहरू थपिँदै गई रहेको बेला लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु पर्ने पनि चिकित्सकहरूले सुझाव छ । सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाई लाग्ने डेंगी र जङ्गली मुसामा हुने किर्ना जस्तो देखिने माईटको टोकाइबाट मानिसमा सर्ने स्क्रवटाईफसका बिरामी दैनिक सात आठ जना अस्पतालमा नै भर्ना गरेर उपचार गर्नु पर्ने आउन थालेको धादिङ अस्तपालाका डाक्टर दिनेश रेग्मीको भनाई छ ।
उच्च ज्वरो आएका टाउको दुखाई र ज्यान दुखाइका बिरामीहरूको सङ्ख्या अधिक मात्रामा उपचारका लागी आउने गरेको उहाँको भनाई छ । जुन लक्षण यी दुवै किट जन्य रोगको सङ्क्रमण भएका बिरामीहरूमा देखिन्छ ।
सामान्य अवस्थामा दुई सयको हाराहारीमा स्वास्थ्य जाँचका लागी बिरामी आउने जिल्ला अस्पतालमा अहिले दैनिक पाँच सयको हाराहारीमा बिरामीहरू उपचारका लागी आउने गरेको तथ्याङ्ग धादिङ अस्पतालमा रहेको छ ।
ती मध्य पनि ३०देखी ३५ प्रतिशत बिरामी किट जन्य रोको उपचारका लागी आउने गरेको डाक्टर रेग्मीको भनाई छ ।
दुवै रोगबाट बच्न र बचाउनका लागी वातावरणीय सरसफाई लामखुट्टेको वासस्थान नष्टलगायत झाडी पन्छाउने जस्ता कामहरू गर्नु पर्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।
किट जन्य रोगबाट बच्नका लागी समुदायमा वातावरणीय सरसाफई लामखुट्टेको लार्भा नष्टलागएतका विभिन्न कार्यक्रमहरू समुदायका मानिससँगको सहकार्यमा स्थानीय तह र सारेकारवाल सङ्घ संस्थाहरूले गर्नु पर्ने भए पनि सो अभियान जिल्ला सदरमुकाम क्षेत्रमा यस वर्ष कसैले नचलाउँदा पनि किट जन्य रोगको प्रकोप बढेको हो ।
यस वर्ष डेगी भन्दा पनि जिल्लामा स्क्रवटाईफसको सङ्क्रमण धेरै देखिएको अस्पताल श्रोतले जनाएको छ । भाद्र महिना सुरु भए यता मात्रै १४ जनामा स्क्रवटाईफस र पाँच जनामा डेगीको सङ्क्रमित विरामी पुष्टि भएको छ । यी रोगसँग मिल्दो जुल्दो लक्ष्यणका विरहीको सङ्ख्या भने निकै रहेको पनि अस्पतालले जनाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्