म्याग्दीका गाउँपालिकाहरू सेवाग्राही खोज्दै सहरमा

म्यादी- म्याग्दीका चार गाउँपालिकाहरू आफ्ना पालिकावासी खोज्दै सहर झरेका छन् । गाउँ छाडेर सहरमा बसाई सराई गरेका तर वडाबाट बसाई सराई नलिएका सेवाग्राही खोज्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी सहरमा घुम्ती शिविर चलाएका हुन् ।

आफ्नो पुर्ख्यौली सम्पत्ति, आफ्ना देवता र सरकारी अभिलेख गाउँमै छोडेर सहर झरेकाहरूलाई सेवा दिन स्थानीय सकार बजार झरेको हो । जिल्लाको धवलागिरि र मालिका, मङ्गला र रघुगंगा गाउँपालिकाहरूले राजधानी काठमाडौँ, प्रदेश राजधानी पोखरा र सदरमुकाम बेनी झरेर यहाँ बस्ने सेवाग्राहीका लागी जन्म, मृत्यु समेत पञ्जिकरणका सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरण (विवरण अद्यावधि) समेतका वडा कार्यालयबाट प्रदान गर्ने सबै सेवा सञ्चालन गरी फर्केका हुन ।

धवलागिरि गाउँपालिकाले काठमाण्डौँमा साउन १८ र १९ गते एक सय बढी सेवाग्राहीलाई, पोखरामा २१ र २२ गते ३ सय बढी सेवाग्राहीलाई र बेनीमा साउन २६ र २७ गते २ सय बढी तत्काल वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने विवरण अद्यावधि गर्न नसक्ने समेत पञ्जिकरण सेवा लिन असमर्थ सेवाग्राही लाभान्वित भएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।
घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो । बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौँ, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो ।

१ देखि ७ नम्बर वडाका क्रमश ः ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताउनुभयो । धवलागिरि म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

ज्येष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्म दर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेसम पुन मगरले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले काठमाडौँ र पोखरामा अस्थायी रूपमा बसोबास गरेकाहरूलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । काठमाडौँमा साउन २७, २८ र २९ गते तथा पोखराको नदीपुरमा घुम्ती शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूको नामावली नवीकरण गरेको हो । एक सय २८ जना लाभग्राहीको नवीकरण र दुई जनाको नयाँ दर्ता भएको मालिका गाउँपालिकाको पञ्जिकरण शाखाको एम.आई.एस. अपरेटेर लालकुमारी रोका (सपना)ले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाको नेतृत्वमा अपरेटर रोका, अध्यक्षका स्वकीय सचिव मिम गर्बुजाको टोलीले सेवा दिनुभएको थियो । ज्येष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्म दर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको गाउँपालिकाका गर्बुजाले बताउनुभयो ।
मङ्गला गाउँपालिकाले पनि आफ्ना पालिका सेवा लिएर बेनी, पोखरा र बाठमाडौँमा गरेर घुम्ती शिविर सञ्चालन गरको छ । दुई चरणमा गरेर सञ्चालन गरिएको शिविर दुई जनाले सेवा लिएका छन् । गाउँपालिका प्रवक्ता एक जित रोका र वडा नं. १ कुहुँका वडा सचिव अशोक खत्री सहितको टोली पुगेर सेवा दिएको थियो ।

गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरूलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारीनै सहर झरेका हुन् । यसअघि धवलागिरि गाउँपालिकाले काठमाडौँ, पोखरा र बेनीमा घुम्ती शिविर मार्फत बजारमा बस्ने दुई भन्दा बढीलाई सेवा प्रवाह गरेर प्रवक्ता रोकाले जानकारी दिनुभयो ।
त्यसैगरी रघुगंगा गाउँपालिका वडा नं. ६ पाखापानीले आफ्नो नागरिकका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविरबाट करिब एक सय जनालाई सेवा दिएको वडा अध्यक्ष मनकुमार शेर पुर्जाले जानकारी दिनुभयो । गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरूलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्झट  र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर सेवा दिएको बताउनुभयो ।

‘विभिन्न परिस्थितिले सहर झरेर बसेका भए पनि उनीहरू हाम्रा मतदाता हुन । सेवाग्राही हुन । यो बर्खाको समयमा ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्ति र वालवच्चासहित महिलाहरूलाई वडा कार्यालयमै पुग्न बाध्य पार्नु भन्दा हामीले कर्मचारीको ब्यवस्थापनगरी सहरमै पुगेर सेवा दिनु बढी उपयुक्त ठानेकोले सहर–सहर पुगेर सेवा दिएका हौँ’ धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमबहादुर पुनले भन्नुभयो, ‘प्रचलित ऐन कानुन भन्दा बरु लागत व्यवस्थापन र पारदर्शिता सुनिश्चित गरी सहरमै पुगेर सेवा दिएका हौँ । सहरमा बसेकै भरमा त्यैले राज्यले दिएको सुविधा पाउँदैनस् भन्न मिल्दैन नि ।’
हरेक वर्षको भदौ मसान्त भित्र सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक समेत सबै लक्षित समुदायका व्यक्तिलेले स्वयं वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गराउनु पर्ने व्यवस्था छ । तर मनसुन सिजनमा सहर झरेर बसोबास गरेका सेवाग्राहीहरू बढी पहिरो झेल्दै वडा कार्यालयमा पुगी विवरण अद्यावधि गराउन समस्या भएकोले पालिकाहरूले आफै सहर झरेर सेवा प्रदान गरेका हुन ।
सहरमा सबैलाई पायक पर्ने स्थानमा सेवा शिविर सञ्चालन गरिएकोमा अस्पताल भर्ना भएको बिरामी, ओछ्यानमा परेका बिरामी, सुत्केरी आदीलाई भने सहरमा पनि घरदैलोमै पुगेर सेवा दिएको पालिकाहरूले जनाएका छन् ।
‘हामीले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही जो विविध कारणले सहरमा बस्छन् र यो वर्षाको समयमा वडा कार्यालयमा पुगेर विवरण अद्यावधि गराउन असमर्थ छन् तिनीहरूलाई मात्र सेवा दिएका छौँ’ मालिका गाउँपालिका अध्यक्ष वेग प्रसाद गर्वुजाले भन्नुभयो, ‘मितव्ययी बन्न टोलीमा म, विवरण कम्प्युटरमा अध्यावधिक गर्ने एक जना एमएस अपरेटर टोलीमा संलग्न छौँ, बाँकी काममा सहरहरूमा रहेका स्वयंसेवकहरूले सेवाग्राहीलाई तोकिएको स्थानमा ल्याउन सहयोग गरेका हुन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.