आमसञ्चार विधेयक विरुद्ध पत्रकार महासंघको जिल्ला प्रशासनमा धर्ना

कोसी प्रदेश – नेपाल पत्रकार महासंघ सङ्खुवासभाले कोसी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक विरुद्ध बिहीबार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा धर्ना दिएका छन् ।
प्रदेश सरकारले ल्याएको विधेयकमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने, सामग्री रोक्ने, पत्रकारमाथि जरिवाना लगाउनेजस्ता प्रावधानहरू सच्याउनुपर्ने माग राख्दै पत्रकारहरूले विरोध जनाउँदै आएका छन्।सङ्खुवासभाका पत्रकारहरूले प्रेस स्वतन्त्रता जिन्दाबाद, प्रेस स्वतन्त्रता विरोधी प्रावधान फिर्ता गर लगायतको प्ले कार्ड सहित नाराबाजी गरेका थिए ।
प्रदेशसभामा ‘आम सञ्चार विधेयक’ पेस भए लगत्तै व्यापक बहस सुरु भएको छ । विधेयकमा पत्रकारितामाथि अङ्कुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासङ्घलगायत विभिन्न पत्रकार सङ्गठनहरूले तीव्र विरोध जनाइरहेका छन् । केही दिन अगाडि देखि पत्रकार महासङ्घले निरन्तर विरोध र आन्दोलन गर्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्