किएभमा भएको रूसी आक्रमणमा आठ जनाको मृत्यु

युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिएपनि रूसले युक्रेनी सहरहरूमा आक्रमण गरिरहेको छ ।

आपतकालीन सेवाका कर्मचारीहरूले सडकबाट भग्नावशेष सफा गरिरहेको एएफपीले जनाएको छ ।

आक्रमणले एउटा अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको तस्विर जेलेन्स्कीले पोस्ट गर्नु भएको थियो ।

यसैविच जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई नयाँ प्रतिबन्धहरूसहित कडा प्रतिक्रिया जनाउन आह्वान गर्नुभएको छ ।

युद्धको सुरुमा किएभ रूसी आक्रमणबाट अपेक्षाकृत रूपमा सुरक्षित भएपनि पछिल्लो समयमा मस्कोले ड्रोन र मिसाइलहरू प्रहार गर्दा घातक आक्रमणको सिकार भएको छ ।

गत महिना आक्रमणमा पाँच बालबालिका सहित ३० जनाभन्दा बढीको मृत्यु भएको थियोे ।

मस्कोले आवासीय भवनहरूलाई लक्षित गरी ब्यालेस्टिक र क्रुज मिसाइलका साथै इरानीे साहेद ड्रोनहरू प्रहार गरेको उहाले बताउनुभएको छ ।

क्रेमलिनले जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको द्रूत बैठकको सम्भावनालाई अस्वीकार गरेको एक दिन पछि यो आक्रमण भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.