स्याफ्रुबेसीदेखि टिमुरे सम्मको सडक सञ्चालनमा

काठमाडौँ- चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले गत साउन १४ गते क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्तर्गत स्याफु्रबेसी देखि टिमुरे सम्मको सडक आजबाट संन्चालनमा आएको छ ।
गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रु
करिब एक महिनाको निरन्तर प्रयास पछि बाढीले कटान गरेको सडक सन्चालनमा आएको हो ।
टिमुरेदेखि चीन र नेपालको सिमाना रसुवागढी सम्म तीन किलोमिटर सडकमा भने स्याउपार्किङ र घट्ठेखोलाका दुई स्थानमा कटान गरेकाले भोलि देखि मर्मत तथा निमार्णको काम सुरु गरिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रु
हाल स्याफु्रबेसी देखि टिमुरे सम्मको ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारी पौडेले बताउनुभयो ।
यसैबीच नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फ बाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा बेलिबृज निमार्णका लागि चीनीयाँ पक्षले आफ्नो तर्फ फाउन्डेसनको कार्य सकि सकेको र नेपाल तर्फको काम सुरु गर्न लागेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले बताउनुभयो । तीब्र गतिमा काम गरि रहेकोले तोकेको समय भाद्र तीस गते अगाबै रसुवागढीमा बेलिबृज निमार्ण हुने उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्