पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आयो

काठमाडौँ-  धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ।

शनिवार (आज) बिहान करिब ६:४५ बजेतिर सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो।जेसीभीको सहायताले ढुङ्गा पन्छ्याएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ।

माथिबाट ढुङ्गा झरिरहेका कारण पहिरो पन्छ्याउन असहज भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.