म्याग्दीमा विषालु च्याउ खाँदा ५ जना बिरामी

म्याग्दी-। म्याग्दीको मालिका गाउँपालिका–२ रूममा बिषालु च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि एकै घरपरिवारका पाँच जना बिरामी परेका हुन् । रूम भिरखर्कका रे बहादुर पुनको परिवारका पाँचजना बिरामी परेको वडा सदस्य भक्तबहादुर पुनले बताउनुभयो ।

च्याउ खाएपछि टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका पाँचै जनाको उपचारका लागि रूम स्वास्थ्य चौकीमा ल्याइएको थियो । स्वास्थ्य चौकीका प्रमुख हिमाल घर्ती मगरका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेकोे छ ।

मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार भएपनि जंगलमा पाइने सबै च्याउ खान योग्य नभएको स्वास्थ्यकर्मीको भनाई छ । जङ्गलमा पाइने च्याउमा केही च्याउ त यति धेरै विषालु छन् कि शुन्य दशमलव शुन्य २ ग्राम मात्रै पेटमा पर्यो भने मान्छे केही बेरमै ज्यान गुमाउनुपर्छ ।

जंगलमा पाइने, रुखमा उम्रन, परालमा उम्रने, ढुंगामा उम्रने, गोबरमा उम्रने च्याउहरु पनि विषालु हुन सक्छन् । मानिसहरु आँखा चिम्लेर च्याउ खाइरहेको अवस्थामा बर्षेनी बिरामी हुने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.