पहिरोले उत्तर दक्षिण कोसी राजमार्ग अवरुद्ध 

 सङ्खुवासभा – लगातारको वर्षाले उत्तर दक्षिण कोसी राजमार्ग अन्तरगत सङ्खुवासभाको भोट खोला गाउँपालिका जाने उत्तर दक्षिण सडक  अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोसी राजमार्ग अन्तरगत मकालु गाउँपालिका–३ सम्मा टार नेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नरेश जिरेलले बताउनुभयो ।  भोट खोला र मकाल बिचमा पहिरोले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

उत्तर दक्षिण कोसी राजमार्गको मकालु –३ स्थित सम्मा टार नेता भिरमा गए राति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताउनुभयो । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्स्काभेटर परिचालन गरिएको सूचना अधिकारी जिरेलले बताउनुभयो । माथिल्लो क्षेत्रमा  अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताउनुभयो । पहिरो हटाउन अझै कति दिन लाग्छ भन्ने यकिन भई नसकेको उहाँको भनाइ छ । पहिरो खसेपछि भोट खोलाबाट खाँदवारि आउने यातायातका साधन वारपार हुन सकेका छैनन् । खाँदवारिबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेको छन् । सडक खण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोट खोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोट खोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदवारि बाट भोट खोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दा सम्म मात्रै चलेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.