मुख्यमन्त्री आचार्यद्वारा मोहन कन्या विद्यालयको हीरक महोत्सव उद्घाटन

पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औँ वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्नुभएको छ । विद्यालय परिसरमा सोमबार आयोजित हीरक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हीरक स्मारक अनावरण र स्मारिकाको समेत विमोचन गर्नुभएको हो ।
वि.सं. २००७ सालमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गर्दै हीरक महोत्सव मनाएको हो । महोत्सव अन्तर्गत विद्यालयले गुणस्तर तथा प्राविधिक नारी शिक्षा विषयक राष्ट्रिय गोष्ठी, जिल्ला र नगर स्तरीय प्राज्ञिक छलफल, खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो । उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्