शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा बस र्‍याली प्रदर्शन

सिरहा ,मिर्चैया – आजको दिनका लागि पूर्वघोषित विरोध कार्यक्रमअनुसार निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेका छन्। विरोध स्वरूप विद्यालयका स्कुल बसहरू सडकमा निकालेर र्‍याली गरिएको हो।

शिक्षा विधेयकको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू तथा शिक्षकहरूले काठमान्डौँ उपत्यकालगायत विभिन्न सहरहरूमा बसमार्फत र्‍याली निकालेका हुन्। उनीहरू सरकारले निजी क्षेत्रको शिक्षा प्रणालीलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्।

र्‍यालीका कारण केही स्थानहरूमा ट्राफिक अवरोध पनि भएको छ। प्रहरीले सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.