के आई सिह राजमार्गमा रातीको समयमा आवतजावतमा रोक

डडेलधुरा- अविरल वर्षाका कारण गन्यापधुरा गाउँपालिका–२, रडुवा खोलानजिक केआई सिंह राजमार्गमा निरन्तर पहिरो खसिरहेकाले रातको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय डडेलधुराले सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ः३० बजेसम्म राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
वर्षासँगै सडक अवरुद्ध हुने र दुर्घटनाको सम्भावना बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ। आई सिह राजमार्ग डोटी,अछाम,बाजुरा लाई भिमदत्तराजमार्ग सँग जोड्ने प्रमुख राजमार्ग हो ।
साथै, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी–खोलाको सतह बढ्न सक्ने र पहिरोको जोखिम अझै बढ्ने चेतावनी दिइएको छ।






प्रतिक्रिया राख्नुहोस्