किमा थाङ्का नाका सरकारको उच्च प्राथमिकतामा छ: मुख्यसचिव अर्याल 

सङ्खुवासभा – नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले उत्तरी क्षत्रेको किमा थाङ्का नाका सरकारको उच्च प्राथमिकतामा भएका कारण चलायमान बनाउनुपर्ने बताउनुभयो । मुख्य सचिव अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणमा समेत उत्तरी नाकाका विषयमा समेत छलफल भएको बताउनुभयो ।  सोमबार सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा आयोजित नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले यस्तो कुरा बताउनुभएको हो । उत्तरी क्षेत्रको नाका नेपाल, चीन र भारतलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा भएको बताउनुभयो ।

त्रिदेशीय लिङ्क रोडले किमाथाङकालाई कोसी प्रदेशलाई मात्र नभई सिङ्गो नेपाललाई सुगम बनाउने बताउनुभयो । अरुण तेस्रो जलविद्युत आयोजना लगायतका विकास निर्माणको काम सन्तोसजनक रहेको मुख्य सचिव अर्यालले बताउनुभयो । उत्तर दक्षिण सडक बाह्रै महिना सञ्चालन हुने र निर्माणले देशको संवृद्धि हुने बताउनुभयो ।

त्यस्तै गरी योगमाया विश्वविद्यालयलाई सञ्चालन गरेर आयुर्वेद क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै मुख्य सचिव अर्यालले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको प्रवृत्ति अन्त्य गर्नु पर्ने बताउनुभयो । उहाँले कर्मचारीलाई सेवा ढिलाइ गरेर जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।  मुख्य सचिव अर्यालले सरकारी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन समेत दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.