वाल्मीकि आश्रम क्षेत्रको विकासको र संरक्षणमा माडी नगरपालिकाले सघाउने

चितवन – ऐतिहासिक धार्मिक स्थल वाल्मीकि आश्रम क्षेत्रको विकासको र संरक्षणमा माडी नगरपालिकाले विकासको योजना अघि सारेको छ ।
पुरातात्त्विक बस्तुको अवलोकन गरे बापत शुल्क लिने भएको छ । मन्दिर दर्शन गर्नेको लागि नभई ऐतिहासिक एवं पुरातात्त्विक वस्तुको अवलोकन गर्न स्थानीयको लागि ५, अन्य नेपालीका लागि १०, भारतीयका लागि १६ र अन्य देशका लागि ५० रुपैयाँ शुल्क तोकिएको जानकारी उपप्रमुख खेमप्रसाद महतोले जानकारी दिनुभयो । सरसफाइको लागि भनेर शुल्क लिन लागेको हो । यसरी सङ्कलित रकममा थप गरेर नगरपालिकाले थप गर्ने नगरपालिकाले जनाएको छ । बैठकले मन्दिर चौबिसै घण्टा सञ्चालनको व्यवस्था गर्न लागेको उपप्रमुख महतोले बताउनुभयो ।
आश्रमको विकासको तत्कालका लागि उक्त क्षेत्रको शैक्षिक , भौतिक पूर्वाधारमा काम गरेर संरक्षणमा चासो देखाएको छ ।
नगरपालिकाले सोमवार ५५ औ कार्यपालिका बैठक आश्रममा आयोजना गरेको हो। भारतको सीमा क्षेत्रमा रहेको आश्रममा रहेका १४ घरलाई व्यवस्थित गर्ने भएको छ । खरको छाना हटाएर जस्ताको छाना राखेर खानेपानी , सरसफाइको काममा स्थानीयलाई सहभागिता गराउने भनिएको छ। अहिलेको आवास नबढ्ने गरी सुरक्षित आवासको लागि स्थानीय १४ परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
आश्रमको सरसफाइ शुल्क लिएर सुरक्षा निकाय र स्थानीयसङ छलफल गरेर सरसफाइको लागि शुल्क लिने निर्णय गरेको छ ।
स्थानीय बालबालिकाको अध्ययनका लागि बालबिकास सहजकर्ताको व्यवस्था गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।
नगरपालिका प्रमुख तारा कुमारी काजी महतोले नगरपालिकाले आश्रमको विकासको लागि योजना सहित अघि बढ्न लागेको बताउनुभयो ।
प्रमुख महतोले मन्दिरको विकासको लागि प्राथमिकता दिएर कार्यपालिका बैठक आश्रममा आयोजना गरेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले ऐतिहासिक थलो भएकोले संरक्षण र विकासको काम अघि बढ्न लागेको बताउनुभयो ।
वाल्मीकि आश्रम माडी नगरपालिकाको वडा नम्बर १ मा पर्छ । वडा अध्यक्ष अमित लामाले आश्रम जान पैदल मार्ग बनाएको बताउँदै नेपाली भूमिबाट जान मिल्ने व्यवस्था गर्न लागेको बताउनु भयो । त्रिवेणीको गजेन्द्रमोक्ष धामबाट ४ सय ७९ मिटर लामो झोलुङ्गे पुल बनेको छ ।
अहिले वाल्मीकि आश्रममा जान गण्डक बाधबाट भारत हुँदै जानुपर्छ । सङ्घीय सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको २५ लाखमा पैदल मार्ग बनाइएको छ । २८ सय मिटर दुरीको बाटो त्रिवेणी धामबाट करिब ४५ मिनेटमा पुग्न सकिन्छ ।






प्रतिक्रिया राख्नुहोस्