संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ -संघीय निजामती सेवा विधेयक संशोधन सहित राष्ट्रिय सभाबाट राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज  बैठकले निजामती सेवा विधेयक सर्वसम्मतिल पारित गरेको हो ।

आजको बैठकमा निजामती विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राख्नु भएको प्रस्ताव सभाले सर्वसम्मत् पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित विधेयकमा  ‘कुलिङ अफ पिरियड’को गडबडी सच्याइएको छ ।

यो सँगै अब संघीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने ब्यस्था गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.