तनहुँको थर्पुमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा मङ्गलवार राति भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २९ प ३०३६ नम्बरको स्कुटर र विपरीत दिशातर्फ जाँदै गरेको ग २३ प ८००७ नम्बरको एक स्कुटर आपसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ बस्ने ३२ वर्षीय विजय थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष् विश्वकर्मामा जानकारी दिनुभयो ।
दुर्घटनामा ग २३ प ८००७ नम्बरको स्कुटर चालक कास्कीको पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय प्रवीण क्षेत्री घाइते हुनुभएको छ । क्षेत्रीको जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्