बढीले बगाए पछि तातोपानी निमार्ण गरिँदै

रसुवा – प्राकृतिक उपचार स्थलको रूपमा परिचित रसुवाको गोसाईंकुण्ड गाउँपालिका दुई मा रहेको तातोपानी कुण्डमा सरसफाइ सहित स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको छ । गत असार चौबीस तथा साउन चौध गते ल्हेन्देखोलामा आएको बाढीले तातोपानी कुण्ड छोपेर बिगारे पछि कुण्डको सरसफाइ सहित स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको हो ।
गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर दुईको पहलमा एक्स्काभेटर प्रयोग गरी कुण्डलाई व्यवस्थित बनाउन लागिएको वडा नम्बर दुईका वडा अध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो । यस कुण्डमा रसुवा तथा छिमेकी जिल्ला नुवाकोट सम्मका मानिसहरू आई स्नान गर्ने गर्दछन् ।
तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने विश्वासका साथ नुहाउन आउने गरेको स्थानीय युवा निमादोर्जे घलेले बताउनुभयो ।
मर्मत सहित निमार्ण गर्न लागिएको दुई वटा पोखरीमा एक पटकमा पच्चिस जनाले स्नान गर्न सक्ने क्षमता रहेको उहाँको भनाई छ । स्नान स्थल नजिकै सार्वजनिक शौचालय तथा भान्छा घर समेत बगाएकाले केही समय पछि निमार्ण थालिने वडा कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्