नेपाल टेलिभिजन समाचार प्रभाव

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका १ राम नदी धाम स्याङ्जा र पाल्पाको सङ्गम स्थल जुन धार्मिक तथा पर्यटकीय महत्त्व रहेको ठाउँ हो । तर लामो समयदेखि घाट अव्यवस्थित हुनु ,दाहसंस्कारका लागि लास जलाउने चिता घर, पिउने पानी , शौचालय एवम् मलामी प्रतीक्षालय नहुँदा जोखिमपूर्ण संस्कार गर्नुपर्ने अवस्था रहेको थियो ।
अव्यवस्थित घाटको समाचार नेपाल टेलिभिजनमा साउन १ प्रसारण भए लगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थलगत अनुगमनमा पुग्नुभएको हो । मुख्यमन्त्रीले समस्याको समाधान स्थलगत अनुगमन गरेपछि घाट व्यवस्थापन हुने आशा जिल्लावासीले गरेका छन् ।
लामो समयदेखि व्यवस्थापन हुन नसकेको घाटको पछिल्लो समय प्रदेश सरकारले चासो देखाए सँगै संस्कारका लागी आगामी दिनमा सहज हुने विश्वास जिल्लावासीले गरेका छन् । स्याङ्जाका करिब ८ स्थानीय तहका नागरिकले राम्दिमा संस्कार गर्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्