नेपाल टेलिभिजन र सिटीईभीटीबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ- नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई थप प्रचार प्रसार गर्ने सम्बन्धमा नेपाल टेलिभिजन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबीच सम्झौता भएको छ ।

सम्झौतानुसार नेपाल टेलिभिजनले सिटीईभीटीका गतिविधिका साथै प्राविधिक शिक्षा सम्बन्धमा सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा साप्ताहिक रुपमा “सीटीइभीटी जागरण” कार्यक्रम निर्माण गरी प्रसारण गर्नेछ ।

सम्झौतापत्रमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट र सिटीईभीटीका सदस्य सचिव महेश भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि पिएसबीका कार्यकारी अध्यक्ष डा. बिष्टले रोजगारी र उद्यमशीलताका लागि आवश्यक शिप र दक्षता बृद्धि गर्ने काम सिटीईभीटीले गर्दै आएको र यसलाई आम मानिसको जानकारीमा लैजान नेपाल टेलिभिजनको कार्यक्रममार्फत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिटीईभीटीका सदस्य सचिव महेश भट्टराईले व्यावसायिक शिक्षामा १ खर्ब भन्दा बढी रकम सरकारले छुट्याए पनि त्यो छरिएर रहेको उल्लेख गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत बिष्णुराम न्यौपानेले नेपाल टेलिभिजनले गत आर्थिक बर्षदेखि सञ्चालन गरेको “सिटीइभीटी जागरण” कार्यक्रमले नेपालमा प्राविधिक शिक्षाको प्रचार प्रसार गर्नका लागि मद्दत पुगेको बताउनुभयो ।

यसैगरी, सिटीईभीटीका प्रवक्ता तथा निर्देशक टैलेन्द्र आचार्यले “सिटीईभीटी जागरण” कार्यक्रमले विद्यार्थी र अभिभावक माझ प्राविधिक शिक्षाका बारेमा सकारात्मक सन्देश गएको चर्चा गर्नुभयो ।

नेपाल टेलिभिजनले सिटीईभीटीसँग मिलेर गत बर्षदेखि नै साप्ताहिक रुपमा “सिटीइभीटी जागरण” कार्यक्रम प्रसारण गर्दै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.