अनुवादक भेला काठमाडौँमा सम्पन्न

काठमाडौं– अनुवाद तथा भाषा सेवाको क्षेत्रलाई सुदृढ, संगठित र व्यावसायिक बनाउने लक्षका साथ नेपालको काठमाडौँमा अनुवादक भेला सम्पन्न भएको छ ।
भेलामा नेपालका तीसभन्दा बढी सक्रिय अनुवादकहरू सहभागी थिए । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरद्वारा उदघाटन गरिएको भेलाको अध्यक्षता अनुवादक मोदनारायण झाले गर्नु भएको थियो ।
नेपालमा अनुवाद तथा भाषा सेवालाई अत्यावश्यक सेवाका रूपमा स्थापित गर्न यो भेला महत्त्वपूर्ण हुने कार्यक्रमका आयोजक ठाकुर अंगाईले बताउनु भयो ।
”वर्षौंसम्म अनुवादकहरू संगठित नभई आ-आफ्नै रूपमा काम गर्दै आएको पृष्ठभूमिमा साझा मञ्च बनाई व्यावसायिक प्रवर्धन गर्न, मापदण्ड बनाउन र आफ्नो कामको सम्मान कायम गर्न कठिन हुँदै आएको छ । आज हामीले त्यो अभावलाई पूरा गर्न महत्त्वपूर्ण कदम चालेका छौँ । अंगाईको भनाइ छ ।
भेलामा नेपालमा अनुवाद पेशाको इतिहास र वर्तमान अवस्था, व्यावसायिक संगठनको महत्त्व, र अन्तर्राष्ट्रिय अनुभव र अभ्यासका पाठ लगायतका विषयमा प्रस्तुति तथा छलफल भएको थियो । भेलाले एक तदर्थ समिति र विधान मस्यौदा समिति गठन गरेको छ जसले नेपालकै पहिलो व्यावसायिक अनुवादक संघ स्थापनाको प्रक्रिया अघि बढाउने अमगाईले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भेलालाई शुभकामना दिँदै सङ्गठित भएर काम गर्दा त्रुटी कम गर्न सजिलो हुने धाराणा राख्नुहुँदै संगठनात्मक सफल्लताको कामना गर्नु भयो ।
भेलाले अंगाईको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति र प्रसुन सिंहको अध्यक्षता तीन सदस्यीय विधान मस्यौदा उपसमिति गठन गरि, नेपालमा अनुवाद तथा भाषा सेवा क्षेत्रलाई सुदृढ र औपचारिक बनाउने साझा संकल्प पारित गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्