११ दशमलव ५२ अङ्कले ओरालो लाग्यो नेप्से

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो ।

आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आज १७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको बढेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर् मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को पाँच दशमलव ८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको पाँच दशमलव १२ प्रतिशतले घटेको छ । साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको तीन दशमलव ९२ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.