जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं-  सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय न्यायिक आयोग बनाउने निर्णय गरिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

समितिको सदस्यमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। गृहमन्त्री अर्यालयका अनुसार समितिलाई ३ महिनाको समय सीमा दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.