अबरुद्ध कोदारी राजमार्ग सञ्चालनमा ल्याउने प्रयास जारी

काठमाडौँ- नेपाल–चीन जोड्ने कोदारी राजमार्ग छिटै सञ्चालनमा ल्याइने भएको छ। सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र उपकरणसहितको प्राविधिक टोलीले बिभिन्न स्थानमा गएको पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न लागेको हो ।

अरनिको राजमार्गको वाह्रबिशे कोदारी सडक खण्डको बिभिन्न पाँच ठाँउमा पहिरो खसेर गत साउन १७ गते देखि सडक अवरुद्ध थियो । बीचमा केही दिन आंशिक रुपमा सडक संचालनमा आएपनि भदौ ८ गते देखि सडक पूर्णरुपमा बन्द भएको थियो ।

पहिरोका कारण करिव २०० घर जोखिममा परेपछी स्थानीयले समेत सडक संचालनमा रोक लगाएका थिए तर सडक डिभिजन कार्यालय चरिकोटको पहलमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानियवासी ,उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको भेलाले सडक संचालन गर्ने सहमति गरेपछी असोज ३ गते देखि पहिरो पन्छ्याउने कामलाइ तिब्रता दिइएको थियो ।

यसक्रममा सडक खुलाउनका लागि ३ वटा एक्स्काभेटर, ३ वटा लोडर र ४० जना मजदुर खटाइएको र सोमबार देखि सडक सूचारु हुने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिनु भयो ।

दसैँको मुखमा सडक अवरुद्ध हुँदा चीनबाट आयात बन्द हुने सम्भावना बढेको थियो। लामो समयदेखि सडक अवरुद्ध हुदा सामान बोकेका ट्रकहरु नेपाल भित्रन सकेका थिएनन । रसुवागढी नाका समेत बन्द भएको अवस्थामा दशैका बेला नेपाल र चीन जोडने कोदारी राजमार्ग खुलेपछी यात्रुलाइ मात्र नभै दुइदेश बीचको ब्यापार पनि सहज हुने भएकोछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.