साना किसान सहकारी मार्फत खसी बोका बिक्री गर्न सङ्कलन सुरु गरे पछि किसानहरू हर्षित

 धादिङ –  बाख्रा पकेट क्षेत्रको रूपमा विकास गर्दै आएको धादिङको शिद्धलेक गाउँपालिकाका किसानहरूलाई अव दशैका लागी खसी बोका बिक्रीमा समस्या नहुने भएको छ । यस वर्ष भने किसानहरूले बिचौलियालाई खसी बोका बिक्री नगर्ने भएका छन् ।

खसी बोकाको प्रतिकिलो मुल्य निर्धारण गरी साना किसान सहकारी मार्फत दशैका लागी खसी बोका बिक्री गर्न सङ्कलन सुरु गरे पछि किसानहरुलाई सहज भएको हो । जसले गर्दा किसानहरूलाई बिचौलियाको डर नहुने र समयमा नै विक्री गरेको रकम समेत पाउने भएको छ ।

गत दुई वर्ष अघीदेखी बिचौलियाले खसी बोका लगेको रकम नदिए पछि समस्या भोगेका किसानहरूलाई अब त्यो जोखिम समेत नहुने भएको छ । बिचौलियाका कारण खसी बाख्रा बिक्रीमा समस्या भोग्दै आएका यहाँका किसानहरूले अव तोकिएको मूल्य पाउने भएका छन् । स्थानीय तहले साना किसान सहकारी मार्फत मासुका लागी उत्पादन गरेको खसी बोका दसैँमा बिक्रीका लागी सहजीकरण गरिदिन सुरु गरेसँगै किसानहरु खुशी देखिएका छन्।

हाल यस गाउँपालीकामा मात्रै आगामी दशैका लागी मासु खान योग्य हुने गरी करिब नौ हजार खसी बाख्रा किसानसंग रहेको तथ्याङ्क स्थानीय तहले सार्वजनिक गरेको छ । यससँगै बडा दशैको लागी मासु खान योग्य खसी बोका सोमत सहकारीले सङ्कलन सुरु गरेको छ ।
यस वर्षको बडा दसैँमा किसानहरूले प्रतिकिलो खसीको मूल्य तिस केजी सम्मको पाँच सय तिस र तिस किलो भन्दा माथिको खसीलाई पाँच सय साठी रुपैया तोकेर खसी साना किसान सहकारी मार्फत सङ्कलन सुरु गरेको किसानहरूको भनाई छ । यसले किसानहरूलाई निकै फाइदा पुगेको  छ ।

यसरी सहकारी मार्फत किसानहरूले उत्पादन गरेको खशी बोका विक्री गर्दा किसानहरूले राम्रो मूल्य पाउनुका साथ समयमा पैसा समेत पाउने सुनिश्चित भएको छ । बिचौलियालाई दिँदा पैसा समेत भनेको समयमा नपाउने समस्या किसानहरूले भोग्दै आएका थिए । सङ्कलन गरेको खसी बोका बिक्री भएको यस वर्ष गत वर्षको भन्दा आम्दानी समेत गाउँपालिकामा खसी बोका विक्रिबाट दोब्बर हुने आङ्कलन समेत सहकारीले गरेको छ । गत साल चार करोड पचास लाख खसी बोका बिक्री गरेको सो गाउँपालिकाले चालु वर्षमा दोब्बर आम्दानी गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.