पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अबरुद्ध
बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
आज दिउँसो करीब ५ बजे ठूलो पहिरो गए पछि सडक अवरुद्ध बनेको हो ।
त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिनुभयो ।
पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको उहाँको भनाइ छ ।
गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्