सञ्चार मन्त्री खरेलसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय हित र नेपाल-अमेरिकासम्बन्धका विषयमा छलफल भएको जानकारी सञ्चार मन्त्रालयले दिएको छ ।
भेटमा राजदुत थम्प्सनले सञ्चार मन्त्री खरेललाई बधाइ ज्ञापन गर्नुभएको थियो । मन्त्री खरेलले असोज ६ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको हो ।
नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७७ औँ वर्षमा प्रवेश गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्