जेन-जी आन्दोलनले श्रमिकलाई पारेको असरबारे छलफल

काठमाडौँ- युएनआई एशिया प्यासिफिक क्षेत्रको सहयोगमा, युएनआई नेपालले काठमाडौँमा सबै आवद्ध संघसंगठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ।
नेपालमा जेन-जी आन्दोलन र यसबाट श्रम क्षेत्र तथा श्रमिकलाई परेका समस्याका बारेमा छलफल भएको थियो ।

जेन-जी आन्दोलनबाट युएनआई आवद्ध संघसंगठनहरुको कार्यालयमा पुगेको भौतिक क्षतिको मूल्याङ्कन गर्ने, श्रमिक सुरक्षा र संगठनको चुनौतीहरू पहिचान गर्ने, सहनशीलताको रणनीतिहरू साझेदारी गर्ने र विश्वव्यापी साझेदारहरूसँग समन्वय गर्दै श्रमिकहरुको सशक्तिकरण गर्ने विषयहरुमा छलफल भएको हो ।

सहभागीहरूले क्षेत्र विशेषका प्रभावहरू संकलन गरेर सामूहिक रुपमा संघ पुनर्निर्माण, र जारी राजनीतिक अनिश्चितताको बीचमा श्रमिकको अधिकारको संरक्षणको गर्न सुझाव दिएका थिए ।





प्रतिक्रिया राख्नुहोस्