रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनगढीका दुई जनाको मृत्यु, एक घाइते

कैलाली- रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनगढीका दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ जेपी चोक नजिक रोकी राखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडिको भागमा बिहीबार साँझ ७ः५० बजे ठोक्किएको प्रहरीले जनाएको छ ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनीश सिंह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुँवर पनि गम्भीर घाइते भएका थिए । गणेशको उपचारको क्रममा राति ११ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक चुरे गाउँपालिका ३ का २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै सोही मोटर साइकलले धनगढी उपमहानगरपालिका–१२ सी गाउँका ७० वर्षकी मना पार्कीलाई समेत धनगढी उपमहानगरपालिका–१२ सी गाउँमा ठक्कर दिई दाहिने हातमा चोट लागेको छ । घाइते पार्कीको नि सर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्