सुर्खेत: सवारी दुर्घटना १७ जना घाइते

सुर्खेत – नेपालगञ्जबाट सुर्खेत आइरहेको इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
गाडीका चालक सहित १७ जना घाइते भएका छन् ।
दुर्घटनाका घाइतेहरूको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।।






प्रतिक्रिया राख्नुहोस्